सुर्खेतमा अलपत्र दैलेखका ४४ जनाको उद्धार

सुर्खेमा अध्ययन लगायत अन्य कामले सुर्खेत गएका र लक डाउनका कारण सुर्खेतमै अलपत्र अवस्थामा रहेका ४४ जनाको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र परेका उनिहरुलाई दैलेख घर भएका स्थानीय समाज सेवी यूवा प्रकाश ढकालको पहलमा उद्धार गरिएको हो ।
ढकालले सामाजिक संजालमार्फत अफ्ठेरोमा परेकाहरुलाई उद्धार गरेर गृह जिल्ला दैलेख पठाउने अभियान सुरु गरेसँगै फोन र म्यासेजमार्फत सम्र्पकमा आएकाहरुको बिवरण संकलन गरेर दैलेख पठाउने काम गरेका छन् ।
बुधवार ४४ जनालाई ना ५ ख ६३६१ नम्बरको बसमा दैलेख तर्फ पठाइएको र काठमाण्डौ बाट आएका डोल्पाका ४ जनालाई उद्धार गरि पठाइसकिएको र तिन जनालाई पठाउने तयारी भैरहेको ढकालले बताए ।


जिल्ला प्रशासन कार्यालय दैलेखले काठकाण्डौ लगायतका बिभिन्न वाहिरी जिल्लाहरुमा अलपत्र परेका २ सय भन्दा बढि दैलेखका नागरिकको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्र बहादुर क्षेत्रिले बताए ।
प्रशासनले स्थानीय सरकारलाई वाहिर अलपत्र परेका नागरिकको उद्धार गर्न भनेको र स्थानीय तहहरुले पनि वाहिरी जिल्लामा अलपत्र परेका दैलेखका नागरिकको उद्धार गर्ने काम गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार